नियम ३१
बढुवाको लागि उम्मेदवार हुन चाहिने सेवा अवधि

(१) अधिकृतस्तरको पदमा बढुवाका लागि उम्मेदवार हुने सैनिक व्यक्तिको अधिकृत क्याडेट तालिममा संलग्न भएको मितिले देहाय बमोजिमको सेवा अवधि पुगेको हुनु पर्नेछः–
(क) उपसेनानी पदमा बढुवा हुन दुई वर्ष,
(ख) सह सेनानी पदमा बढुवा हुन छ वर्ष,
(ग) सेनानी पदमा बढुवा हुन दश वर्ष,
(घ) प्रमुख सेनानी पदमा बढुवा हुन सोह्र वर्ष,
(ङ) महासेनानी पदमा बढुवा हुन उन्नाईस वर्ष,
(च) सहायक रथी पदमा बढुवा हुन एक्काईस वर्ष,
(छ) उपरथी पदमा बढुवा हुन तेईस वर्ष,
(ज) रथी पदमा बढुवा हुन चौबीस वर्ष ।
(१क) उपनियम (१) को खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भएता पनि दुदुई वर्ष वा सोभन्दा बढी अवधिको अधिकृत क्याडेट बेशिक तालीम वा पदिक वा विल्लादार अधिकृत क्याडेट तालीम वा सो सरहको अधिकृत आधार तालिम पूरा गरी कमिशन हुने अधिकृत क्याड्ेटलाई सिघ्यै उपसेनाती दर्जामा कमिशन प्रदान गरिनेछ । यसरी कमिशन गर्दा एउटै मितिमा भrana भई बिदेश तालिममा रहेका बा अन्य कारणबाट सहायक सेनानी पदमा भएका अधिकृतहरुको ज्यैष्ठतालाई समेत सम्बोधन हुने गरी पदोन्नति गरिनेछ।
(१ख) नियम ५ को उपनियम (१) को खण्ड (घ) बमोजिम सहायक सेनानी दर्जामा बढुवा हुनका लागि सैनिक सेवामा प्रवेश गरेको मितिले कम्तीमा बाइस वर्ष सेवा अवधि पूरा गरेका प्रमुख सुवेदार वा सुवेदार उम्मेदवार हुनेछन्‌।
(२) पदिक तथा विल्लादार पदमा बढुवाका लागि उम्मेदवार हुने सैनिक व्यक्तिको सिपाही भएको मितिले देहाय बमोजिमको सेवा अवधि पुगेको हुनु पर्नेछः–
(क) प्यूठ पदमा बढुवा हुन दुई वर्ष,
(ख) अमल्दार पदमा बढुवा हुन चार वर्ष,
(ग) हुद्दा पदमा बढुवा हुन सात वर्ष,
(घ) जमदार पदमा बढुवा हुन नौ वर्ष,
(ङ) सुवेदार पदमा बढुवा हुन एघार वर्ष,
(च) प्रमुख सुवेदार पदमा बढुवा हुन पन्ध्र वर्ष ।
(२क) उपनियम ।२) मा लेखिएको सेवा अवधिको अतिरिक्त पढिक तथा बिल्लादार पदमा बढुवाका लागि उम्मेदबार हुने सैनिक व्यक्तिको बढुवा हुने पदभन्दा तल्लो पदमा एक वर्षको कायमी सेवा अवधि पुगेको हुन्‌ पर्नेछ ।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि न्यूनतम सेवा अवधि पूरा भएका उम्मेदवार नभएको अवस्थामा सहायक रथी, उपरथी र रथीको पदमा बढुवा हुन न्यूनतम सेवा अवधिको हद लाग्ने छैन ।